इटहरी : युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरीले कलेजका विद्यार्थीबाट बिजनेस आइडिया कलेक्सन गर्ने योजना अगाडि बढाएको छ ।
इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना सङ्कलन गर्ने भएको हो ।
शुक्रबार (आज) इटहरीमा मञ्चले कलेजहरूसँग सम्झौता गरेर कार्यक्रम सुरुवात गरेको हो । ग्रीन पिस लिङ्कन कलेज, कस्तुरी, कोसी, विश्व आदर्श, सुष्मा गोदाबारी र इटहरी इन्टरनेशनलसँग सहकार्य गरिएको छ ।
सहकार्य पत्रमा ६ वटै विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सन् २००३ मा स्थापना भएको मञ्चले व्यापारिक सोचको प्रवर्द्धन गर्दै आएको छ ।
मञ्चको उद्देश्यमा रहेको नेशन फस्स अन्तरगत नेपालमै केही गर्नको लागि युवालाई अभिप्रेरित गर्ने योजना अगाडि बढाएको अध्यक्ष चन्द्र देवकोटाले बताए ।
उनले भने, ‘सुरुमा विद्यालयभित्र समूह बनाएर प्रतिस्पर्धा हुने र समूहबाट उत्कृष्ट हुनेले अन्य कलेजसँग प्रतिस्पर्धा गर्न पाउने छन् । यसरी सर्वोत्कृष्ट आइडिया मन पराउनेले आइडिया खरिद गर्न सक्ने छन् ।’
सम्झौतापछि बोल्दै कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले मञ्चको कारण विद्यार्थीलाई नेपालमै केही गरौँ भन्ने भावना विकास हुने विश्वास व्यक्त गरे ।
युवाहरूको सपना ठूलो भएको तर संघर्ष र योजना नभएको बताउँदै यस्ता गतिविधिले सपना पूरा गर्न सिकाउने बताए ।












Discussion about this post