विराटनगर : सशस्त्र प्रहरी बल मोरङले विराटनगरबाट ठूलो परिमाणमा तस्करीको मटर बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानी विराटनगरले १२ सय ७५ केजी तस्करीको मटर विराटनगर ९ ठाकुरबारीबाट बरामद गरेको छ ।
बरामद गरेको मटर विराटनगरका किराना पसलका होलसेल व्यापारी उमाकान्त भगतको रहेको प्रहरीले जनाएको छ ।
उनले क्यारिङमार्फत तस्करी गरी मटर भण्डारण गर्ने र विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरेको मटर ५७ हजार ३७५ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।












Discussion about this post