इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।
उनले विश्वासको मत असंवैधानिक ढंगले लिएको ठहर गर्दै सर्वोच्च अदालतले पदमुक्त हुने आदेश दिएको हो।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतले मतभार बराबर भएको अवस्थामा प्रदेशसभाका जेष्ठ सदस्य इस्रायल मन्सुरीले दिएको मत असंवैधानिक भएको भनेको छ।












Discussion about this post