मोरङ : मोरङको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का ३८ वर्षीय धनबहादुर थापा र सप्तरीका १९ वर्षीय शिवम गुप्ता रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट सोमबार (आज) दिउँसो खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी स्पाज्मिड ४२० पत्ता , ट्रमाडोल ४२९ पत्तासहित थापालाई पथरी शनिश्चरे नगरपालिका ४ शिरिसे डाँडाबाट पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ बाट २ ग्राम ८ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित सप्तरीका गुप्तालाई नियन्त्रणमा लिएको हो ।
लागूऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post