उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकले ठक्कर दिदाँ प्रहरीको असईको मृत्यु भएको छ ।
बुधबार दिउँसो बेलका नगरपालिका २ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरीचौकी भागलपुरतर्फ फर्कंदै गर्दा चौदण्डीगढी ९ को ज्यामिरेमा पुग्दा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना ४ ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा जिल्ला अस्पताल ल्याएर उपचार कार्य सुरु गर्नुअघिनै बस्नेतलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
ट्रक चालक विशाल परियारलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।











Discussion about this post