मोरङ : मोरङको ग्रामथान गाउँपालिका ४ मोतिपुरस्थितमा आगोले जलेर एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीया भेडियन देवी माझी रहेकी छन् ।
आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली घाइते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल विराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमको लागि कोसी अस्पताल विराटनगर पठाइएको छ ।














Discussion about this post