इटहरी : नेकपा एमाले कोसी प्रदेश संसदीय दलको सचेतक कमला दर्नाल नियुक्त भएकी छन् ।
तेह्रथुमबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेकी उनलाई संसदीय दलको सचेतकमा नियुक्त गरिएको हो ।
सचेतक सिर्जना राईलाई मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएपछि सचेतक खाली रहेको थियो । मुख्यमन्त्री कार्कीले आजै चार मन्त्रीसमेत नियुक्त गरेका छन् ।



















Discussion about this post