Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

फार्मेसीबाट लागूऔषध बनाएर बिक्री गरेको आरोपमा पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १२, २०८०
in समाचार
0
फार्मेसीबाट लागूऔषध बनाएर बिक्री गरेको आरोपमा पक्राउ
108
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : औषधिको अनुचित प्रयोग गरी फार्मेसीबाट लागूऔषध बनाएर बिक्री वितरण गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका नेपाल औषधि व्यवसायी सङ्घ (एनसीडिएस) उदयपुरका महासचिव वीरेन्द्रकुमार झालाई धरौटी रकम लिई छोडिएको छ ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्राले पछि मुद्दा चलाउने भन्दै झालाई ५० हजार रुपैयाँ धरौटी रकम तोकेर छोडेको पाइएको छ ।

गत भदौ २ मा इलाका प्रहरी कार्यालय बेल्टारले उदयपुरको चौदण्डीगढी नगरपालिका–७ स्थित गोपीकृष्ण मेडिकल हल औषधिको होलसेल पसलमा छापा हानेर ठूलो परिमाणमा औषधि बरामद गरेको थियो । झाले लागूऔषध प्रयोगकर्तालाई अनुचित रूपमा औषधि बिक्री वितरण गर्ने गरेको पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले छापा हानेर ट्रामाडोल र डाइसाइक्लोमाइन नामको दुई कार्टुन औषधि बरामद गरेको थियो । प्रहरीले झालाई पक्राउ गरेपछि उनी बिरामी भएका थिए ।

ठीक भएपछि बिहीबार पक्राउ गरी थप कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझायो । यसअघि पनि २०७८ जेठ २० गते झालाई औषधि व्यवस्था विभागले औषधिको अनुचित प्रयोग गरी लागूऔषध दुव्र्यसनीलाई बिक्री वितरण गरेको पाएपछि पक्राउ गरेको थियो ।

झाले प्रिगाभालिन, ट्रामाडोल र डाइसाइक्लोमाइन नामको औषधि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको फेला परेको थियो ।

क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिन्छ । प्रिगाभालिन नशा च्यापिएका बिरामीलाई चिकित्सकले प्रेस्क्रिप्सन गर्ने गरेको छ । तर, कमाउ धन्दामा लागेका सङ्घका महासचिव झाले महँगो मूल्यमा बिक्री गरेका हुन् ।

यसरी पटक–पटक पक्राउ पर्दै आएका झालाई औषधि व्यवस्था विभागले औषधि ऐन २०३५ अनुसार वारदात भेटिएको जिल्ला अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अधिवक्ताहरू बताउँछन् ।

अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलसँग राय लिएर अदालतमा अभियोजन दर्ता हुने गरेको छ ।

औषधि ऐन २०३५ को दण्ड सजायका (३) उपदफा (१) र (२) मा औषधिको अनुचित प्रयोग गरेको पाइएमा १ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिबाना हुने व्यवस्था गरेको छ तर, विभागले झाको हकमा ५० हजार रुपैयाँ धरौटी लिई पछि मुद्दा चलाउने भन्दै सामान्य तारेखमा छाडेको हो ।

Tags: #पक्राउऔषधि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.