मोरङ : मोरङको बेलबारी नगरपालिका २ स्थित भलुवा खोलामा डुबेर एक बालिकको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका ३ घर भइ हाल मामाघर साङ्गे लामासँग बस्दै आएकी ३ वर्षीया बालिका सानी तामाङको खोलामा डुबेर मृत्यु भएको हो ।
उनी हराएको भनी प्रहरी चौकी बबियाविर्तामा जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली र बालिकाको आफन्तले बालिकाको खोजतलास गर्दै जाने क्रममा खोलामा डुबेर मृत अवस्थामा बालिकालाई फेला पारेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post