विराटनगर : श्रीमतीको हत्यामा संलग्न एक जनालाई प्रहरीले शुक्रबार विराटनगरबाट पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १९ धनपुराका ३९ वर्षीय उपेन चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र शरीरका विभिन्न भागमा कुटपिट गरेर आफ्नै श्रीमती ३० वर्षीया जितनी सहनीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जितनीको शव घरभित्रै फेला परेको थियो ।
दाहालका अनुसार घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरेर घटनाको अनुसन्धान अगाडि बढाइएको छ ।



















Discussion about this post