इटहरी : १५ दिनसम्म चल्ने इटहरी सांस्कृतिक पर्यटन महोत्सवको आज उद्घाटन हुँदैछ ।
स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्यसहित सुरु हुन लागेको महोत्सवको पहिलो दिन आज गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ ।
असोज २० गते (आज)बाट सुरु हन लागेको महोत्सव कार्तिक ४ गतेसम्म चल्ने छ ।
हरेक दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवमा रोटेपिङ्ग, कोलम्बस, ट्राईगन, ब्रेक टान्स, र बच्चाका विभिन्न खेलहरू आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ ।
विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको महोत्सवमा गायक प्रमोद खरेल, सबिन राई, राजेश पायल राई, शिव परियार, मेलिना राई, प्रीति आले, मिलन नेवार, ज्योति मगर, रचना रिमाल, एलिना चौहान, कमल खत्री, जीवव, अनु चौधरीलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने तय भएको आयोजक आयोजक कमिटिका अध्यक्ष विशुधन राईले जानकारी दिए ।














Discussion about this post