इटहरी : इटहरीमा सांस्कृतिक पर्यटन महोत्सवको सुरु भएको छ ।
स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्ने उद्देश्यसहित सुरु गरिएको महोत्सवको उद्योग वाणिज्य संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीमबहादुर पौडेलले उद्घाटन गरेका छ्न् ।
विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गरेको महोत्सवको पहिलो दिन गायिका अस्मिता अधिकारीले प्रस्तुति दिएकी छन् । उनले आधा दर्जन बढी गीतहरू गाएकी थिइन् ।
कार्यक्रमको उद्घाटन सत्रमा जेष्ठ नागरिकहरू मोहन पराजुली, जीवनाथ काफ्ले, बद्री अधिकारी, बोधराज बजगाईँ, गायत्रादेवी बजगाईँलाई सम्मानसमेत गरियो ।
राजु बस्नेतको संयोजकत्वमा सुरु भएको कार्यक्रम १५ दिनसम्म सञ्चालन हुने आयोजक कमिटिका अध्यक्ष विशुधन राईले जानकारी दिए ।
हरेक साँझ स्थानीदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।














Discussion about this post