इटहरी : इटहरीमा एक व्यक्तिको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका १६ स्थित नहरमा डुबेर बेपत्ता भएको एक व्यक्तिको शव आइतबार फेला पारेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको कमाण्डमा खटिएको विपद् व्यवस्थापनसहितको गोताखोर टोलीले खोजतलास गर्नेक्रममा इटहरी १९ घर भएका १९ वर्षका अनिष चौधरीको शव फेला पारेको हो ।
साथीहरूसँग पौडी खेल्न गएका चौधरी सोहीक्रममा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको मृतकको शवलाई थप अनुसन्धान र कारबाहीको क्रममा इलाका प्रहरी कार्यालय पकलीलाई बुझाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post