मोरङ : मोरङमा सवारीसाधनको गति पत्ता लगाउन ‘राडार गन’को प्रयोगमा ल्याइएको छ ।
‘राडार गन’ सवारीसाधनको गति मापन गर्ने उपकरण हो । तीव्र गतिका कारण सवारी दुर्घटना बढेसँगै दुर्घटना न्यूनीकरणका लागि लोकमार्ग तथा भित्री सडकखण्डमा ट्राफिकले विशेष उपकरण प्रयोग गरेर गति नियन्त्रणको प्रयास थालेको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले तीव्र गतिका कारण बढेको दुर्घटना न्यूनीकरण गर्न अत्याधुनिक ‘राडार गन’ प्रयोगमा ल्याइए सडकका सवारीसाधनमाथि निगरानी बढाइएको जानकारी दिए ।
उनका अनुसार सवारीसाधनको गति मापन गर्ने भएकाले चालकलाई गति कम गर्नलाई अभिप्रेरित गर्न ‘राडार गन’ले मद्धत गर्छ । तीव्र गतिमा सवारी चलाउने चालकलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाहीसमेत गर्न थालिएको उनको भनाइ छ ।
ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) र लापसे (लागूपदार्थ सेवन) परीक्षणलाई निरन्तरता दिइरहेको छ । ट्राफिकले चेकजाँच बढाएपछि मापसे र लापसेका कारण हुने दुर्घटनामा कमी आएको न्यौपानेले बताए ।












Discussion about this post