धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् ।
मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले पुष्टि गरे ।
मोरङ घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।













Discussion about this post