विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने भएको छ । कार्कीलाई प्रदेश प्रमुख परशुरामा खापुङले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमालेका ३९ र कांग्रेसका ९ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए ।
गत असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि पदबाट राजीनामा दिएका थिए । सोहीकारण प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढेको थियो ।












Discussion about this post