इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित अरु दुई मन्त्रीले शपथग्रहण लिएका छन् ।
मुख्यमन्त्री कार्की अरु दुई मन्त्री नियुक्त गरेसँगै कोसीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
कार्कीले आइतबार नै शपथग्रहण लिएका छन्। उनीसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगर मन्त्री बनेका छन्।
प्रदेश प्रमुख परशुराम खापुङले कार्कीसहित मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । कार्कीलाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
कांग्रेसका डा. शेखर कोइराला समूहका कार्कीलाई एमालेका ३९ र कांग्रेसका नौ सांसदले हस्ताक्षर गरी मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।












Discussion about this post