इटहरी : झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरूबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती एरिया इलाकाहरूमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली, चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारको हार्डवेयरका सामान, पटका, माछा र खाद्यान्न लगायतका करिब २ लाख ९६ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले विराटनगर १३ बाट जेन्स हाफ पाईन्ट र भेष्ट गरी अन्दाजी १३ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
बरामद गरिएका सामानहरू सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post