सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ पेल्माङस्थित ५० वर्षीय सितलबहादुर राईको हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीय धरनबहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् ।
शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरेर विवाद हुँदा भएको झगडामा घाइते भएका सितलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा अन्य कानूनी प्रकृया भइरहेको छ ।
पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।



















Discussion about this post