विराटनगर : फालिएका पुराना बोतल तथा कवाडीका सामान संकलन गरी बेच्दै आएका एक पुरुष विराटनगरमा मृत अवस्थामा भेटिएकाछन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान विराटनगर ९ स्थित चुलाचुली मार्गको सडकपेटीमा करिब ४० वर्षीय राजु घिमिरे मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीकाअनुसार धनकुटा घर भएका घिमिरे केही वर्षयता विराटनगरका विभिन्न स्थानमा फ्याकिएका प्लाष्टिकका बोतल भेला पारेर बेच्दै आएका थिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post