इलाम : प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिकलाई नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगरबाट पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलीले भारततिरबाट पैदल आउँदै गरेका उनीहरूलाई पशुपतिनगरको चारमाइल नजिकैबाट पक्रेको हो।
पक्राउ पर्नेमा भुटानको चिराङ जिल्लाका अन्दाजी ४४ वर्षे फौदसिंह राई, त्यही जिल्लाका अन्दाजी २० वर्षे विशाल राई र सर्वंग जिल्लाका अन्दाजी ४५ वर्षे धनकुमार राई रहेका छन् ।
उनीहरूको साथबाट सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्धित सामान र विदेशी नोटसमेत बरामद गरेको छ। उनीहरूबाट चार लाख २५ हजार रुपैयाँ बराबरको भारतीय नोट र अन्य सामान, तीन हजार सात सय ५६ का भुटानी नोट तथा दुई थान भुटानी राहदानी बरामद गरिएको छ ।
पक्राउ परेकाहरूसहित सामानलाई सशस्त्र प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ।














Discussion about this post