मोरङ : मोरङको पथरीशनिश्चरेस्थित पैनीमा डुबेर एकजना महिलाको मृत्यु भएको छ ।
पैनीमा डुबेर पथरीशनिश्चरे नगरपालिका १ सुन्दर बस्तीकी ५२ वर्षीया गंगा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरनजिक रहेको पैनीमा डुबेर घाइते भएको अवस्थामा साँझ ६ बजेतिर उनलाई आफ्नै छोराले फेला पारेका थिए ।
तत्काल उद्धार गरेर उपचारका लागि पथरी अस्पताल पुर्याउनसाथ चिकित्कसले मृत घोषित गरेको जानकारी प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।













Discussion about this post