मोरङ : मोरङको सुनवर्षीमा सिटी सफारीबाट खसेर एकजना महिलाको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी–डाइनिया भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरीकाअनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ८४४४ नम्बरको सफारीबाट खसेर साँझ ५ः४५ बजेतिर सुनवर्षी ६ की ४० वर्षीय सुनीता श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् ।
घाइतेलाई उपचारका लागि रंगेली अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै सफारी चालक सुनवर्षी ८ का ४० वर्षीय मुजमिल मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।













Discussion about this post