संखुवासभा : १२ वर्षअघि हत्या गरेर फरार रहेका एक एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका २ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।
धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका ५ (हाल धर्मदेवी २) का रविन जिमीको हत्या गरेको आरोप छ ।
घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेको प्रहरीको भनाइ छ ।



















Discussion about this post