मोरङ : मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा आइतबार राति दुई दर्जन बढि घाइते भएका छन् ।
लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरीसहित दुई दर्जन बढी स्थानीय घाइते भएका हुन् ।
दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आगलागी हुँदा निभाउन जाने क्रममा आगो लागेपछि घाइते भएको बताइएको छ ।
घाइतेहरूमध्ये ९ जनाको विराटनगर, २ जनाको गोदावारी, १ जनाको अरनिको अस्पताल र करिब १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ । यस्तै, एम्बुलेन्स चालक नवीन थापा पनि घाइते भएका छन् ।
सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरूमाथि सल्किँदा घाइते भएका थिए ।













Discussion about this post