मोरङ : मोरङको उर्लाबारी ६ सीमाना बस्तीका २३ युवक किशोर धीरेन्द्र ढुङ्गेल कानेपोखरी ७ को जङ्गलमा मृत भेटिएका छन् ।
अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् ।
मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
सोमबार दिउँसो घरबाट बजारमा काम छ भनेर निस्किएका धीरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए ।













Discussion about this post