झापा : झापामा नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
झापा कमल गाउँपालिका १ निवासी १९ वर्षीय विनोद थापाले सामाजिक सञ्जालमा महिलाको गोप्य अङ्गको फोटो सार्वजनिक गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनले नक्कली फेसबुक आइडी खोली महिलाहरूसँग गोप्य बार्तालाभ गरी फोटो मागेर, त्यस फोटो सार्वजनिक गरिदिने भन्दै रकमको बार्गेनिङ गर्ने गरेको आरोप लागेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।














Discussion about this post