मोरङ : मोरङको उर्लाबारी नगरपालिका ७ बरगाछीमा गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।
घाइतेमध्ये उर्लाबारी ७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले पुष्टि गरे ।
दाहालले दिएको जानकारीअनुसार काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा पण्डितको मृत्यु भएको हो ।
गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको दाहालले जानकारी दिए । आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन ।













Discussion about this post