इटहरी : मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा घाइते भएका अर्का एक पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा हेमकुमार दाहाल रहेका छन् ।
काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उर्लाबारी ७ का ४९ वर्षीय दाहालको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ।
अस्पतालको आईसीयू कक्षमा उपचाररत दाहालको राति ११ बजे मृत्यु भएको हो । यसअघि उपचारकै क्रममा स्थानीय तपन पण्डितको मृत्यु भएको थियो ।
गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति उर्लाबारी ७ का दीपक कार्कीको सुन पसलमा आगलागी भएको थियो । आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
२३ जना घाइतेहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आईसीयू कक्षमा ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post