मोरङ : मोरङको उर्लाबारी नगरपालिका ७ मा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
उपचारका क्रममा बुधबार राति थप दुई जनाको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी ७ का ४९ वर्षीय हेमकुमार दाहाल र सोही ठाउँका ४२ वर्षीय कुमार तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि ४३ वर्षीय तपन पण्डितको गत मंगलबार बिहान मृत्यु भएको थियो । दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट कात्तिक २६ गते (लक्ष्मी पूजाको) राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको प्रहरीको भनाइ छ ।
आगो नियन्त्रणमा लिने क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भएको हो ।



















Discussion about this post