धनकुटा : धनकुटा नगरपालिका १ स्थित निगालेमा कोठाभाडामा बस्दै आएका एकै परिवारका तीनजनाको शव तीन चिता बनाएर दाहसंस्कार गरिएको छ ।
स्थानीय ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ्ग र १० वर्षीय छोरा आयुष गुरूङ्गको शव पोष्टमार्टमपछि आफन्तले दाहसंस्कार गरेका हुन् ।
टीकाराम झुण्डिएको अवस्थामा मृत भेटिएका थिए भने भीमा र आयुष घरभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । टीकारामले श्रीमती र छोराको हत्या गरी आफू आएर झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएका गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेमा बस्दै आएका थिए ।
ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउँदै आएका टीकारामको परिवारमा रहेका चारजनामध्ये ६ वर्षीया छोरी आशिकाबाहेक सबैजना मृत भेटिएका थिए । आशिकालाई भने टीकारामले छिमेकीकोमा लगेर राखेका थिए । घटना बुधबार रातिको रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post