मोरङ : मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।
उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा आज (शनिबार) बिहान निधन भएको हो । यससँगैमृत्यु हुनेको संख्या चार पुगेको छ ।
उर्लाबारी ७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए ।
आगलागीमा परी यसअघि उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भइसकेको छ ।













Discussion about this post