उदयपुर : उदयपुरमा पिकनिक गएको स्कुल बस शनिबार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
प्रदेश १–०५–००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटना भएको हो । दुर्घटनामा १२ जना गम्भीर र २५ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक बिखन चौधरी, सात वर्षीया सन्या चौधरी र छ वर्षीय विकास चौधरी रहेको प्रहरीले जनाएको छ ।
बस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा बस दुर्घटना भएको हो।
घाइतेहरूको उपचारका लागि विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।











Discussion about this post