मोरङ : मोरङको उर्लाबारी नगरपालिका ७ मा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी ७ मा बस्दै आएका मरिताको राति ११ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाले पुष्टि गरे ।
गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा आगो नियन्त्रणमा लिने क्रममा २८ जना घाइते भएका थिए ।
जसमध्ये गम्भीर घाइते भएकामध्ये उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।
स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०ः३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।













Discussion about this post