Wednesday, June 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राष्ट्रिय माविको वार्षिकोत्सवमा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८०
in समाचार
0
राष्ट्रिय माविको वार्षिकोत्सवमा ६७ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण
115
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधबार ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरिएको हो ।

विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यस्तै, नारायणप्रसाद खनाल र केशवकुमारी खनालद्दारा स्थापना गरिएको स्वर्गीय समीक्षा खनाल स्मृति अक्षयकोषबाट एक जनालाई प्रदान गरिएको छ । इटहरी वडा नं. १ कै हरिहर चौधरी र भुन्टीदेवी चौधरीद्दारा स्थापना गरिएको स्वर्गीय प्रमोद चौधरी स्मृति अक्षयकोषबाट दुई जनालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

विद्यालयका शिक्षक लोकबहादुर भण्डारी र उनकी श्रीमती रञ्जु भण्डारीद्दारा स्थापना गरिएको स्वर्गीय होमबहादुर भण्डारी स्मृति अक्षयकोषबाट तीन जनालाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत र शिक्षिका बन्दना दाहालले स्थापना गरेको स्वर्गीय जगन्नाथ, द्रौपदादेवी, वैद्यनाथ स्मृति अक्षयकोषबाट दुई जनालाई प्रदान गरियो । यसैगरी, स्वर्गीय लोकेन्द्रप्रसाद अधिकारी र दुर्गादेवी अधिकारीले स्थापना गरेको स्वर्गीय जमुनादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत तीन जनालाई छात्रवृत्ति प्रदान गरियो ।

वर्षेनी अक्षयकोष स्थापना गर्ने दाताको सङ्ख्या बढीरहदा पद्मादेवी खनालले स्थापना गरेको स्वर्गीय नैनकला, हेमसागर, बसुन्धरा स्मृति अक्षयकोषबाट बालविकासमा पहिलो भर्ना हुने रोमन निरौलालाई ५१० रुपैयाँ छात्रवृत्ति प्रदान गरियो ।

इटहरी वडा नं. २ निवासी विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने दाता बद्रीप्रसाद बजगार्ई र बबिता बजगाईंले स्थापना गरेको स्वर्गीय उमानाथ बजगाई स्मृति अक्षयकोषमार्फत चार जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

विद्यालयमा छात्रवृत्ति वितरणका लागि २३ वटा अक्षयकोष स्थापना गरिएकोमा खेमराज पोखरेल, नम्रता पोखरेल र निश्चल पोखरेलले स्थापना गरेको स्वर्गीय फडिन्द्रप्रसाद स्मृति अक्षयकोषमार्फत दुई जनालाई छात्रवृत्ति प्रदान गरियो ।

यस्तै, इटहरी वडा नं. १ कै प्रल्लाद दाहाल र बालकुमारी दाहालद्दारा स्थापना गरिएको स्वर्गीय रोमणीप्रसाद–शान्ता दाहाल अक्षयकोषमार्फत एक जना सीमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यस्तै, डम्बरबहादुर कटु्वालले स्थापना गरेको स्वर्गीय चन्द्रबहादुर कटुवाल स्मृति अक्षयकोषमार्फत पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सो क्रममा विद्यालयमा सवैभन्दा बढी उपस्थित हुने दुई जना छात्रा र तिनका अभिभावकलाई सम्मान पनि गरिएको छ ।

पूर्व विद्यार्थीले स्थापना गरेको कोषमार्फत एसइइ उत्र्तीण गरि कक्षा ११ मा अध्ययन गर्न अत्यन्त कठिनाई भएकी पुष्पा चौधरीलाई १५ हजार  रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएके छ । पूर्व विद्यार्थी समूहमा सम्पत चौधरीको पहलमा अहिलेसम्म ३२ जनाले अक्षयकोषमा झन्डै दुई लाख  रुपैयाँ जम्मा गरि सकेका छन् ।

विद्यालयमा लामो समय शिक्षण गरि रिटायर्ड भएकी शिक्षिका तृप्ता मगरद्दारा स्थापना गरिएको तृप्ता मगर अपाङ् छात्रवृत्ति कोषमार्फत दुुई जनालाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, इन्द्रबहादुर न्यौपाने र खडगकुमारी न्यौपानेले स्थापना गरेको अन्नतदेवी न्यौपाने स्मृति अक्षयकोषको रकमबाट अपाङ्ग छात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

यसैक्रममा यादवप्रसाद पराजुली र सावित्री पराजुलीले स्थापना गरेको जुनियर रेडक्रस युवा प्रोत्साहन छात्रवृत्ति कोषमार्फत दुई जनालाई प्रदान गरियो । यस्तै, इन्द्रबहादुर आचार्य खत्रीले स्थापना गरेको स्वर्गीय जगनाथ, देवीमाया र भिष्मराज आचार्य स्मृति अक्षयकोषमार्फत तीन जनालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

वार्षिकोत्सवका क्रममा खेमनाथ निरौलाले स्थापना गरेको अवच्छरा, महानन्द, बसुन्धरा निरौला स्मृति अक्षयकोषमार्फत चार जनालाई छात्रवृत्ति प्रदान गरियो । सो क्रममा विदुर अधिकारीले स्थापना गरेको विष्णुप्रसाद अयोध्यादेवी अधिकारी स्मृति अक्षयकोषमार्फत छ जनालाई छात्रवृत्ति रकम प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

यस्तै, दुर्गाप्रसाद रुकमीण ढकाल स्मृति माध्यमिक छात्रवृत्तिबाट पाँच जनालाई छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा घनश्याम श्रेष्ठ र कुलप्रसाद श्रेष्ठले स्थापना गरेको सुरेन श्रेष्ठ स्मृति छात्रवृत्ति दुई जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

यस्तै, नरदेवी श्रेष्ठ र स्वर्गीय रामप्रसाद श्रेष्ठले  स्थापना गरेको इन्द्रवीर पद्मकुमारी श्रेष्ठ स्मृति कोषमार्फत चार जनालाई छात्रवृत्ति रकम प्रदान गरियो । समरबहादुर कार्कीले स्थापना गरेको हवाल्दार नरबहादुर कार्की स्मृति अक्षयकोषबाट दुई जनालाई नै प्रदान गरिएको थियो ।

कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरिएको छ ।

यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो । जसमा सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङलाई नगदसहित सम्मान गरिएको हो । वार्षिकोत्सवमा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरिएको थियो ।

वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले गरे । जसमा आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा साताव्यापी खेलकुद प्रतियोगिता भएको थियो । खेलकुदका विभिन्न विधामा उत्कृष्ट ३०० जनालाई पुरस्कार प्रदान गरियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

यही क्रममा शिक्षक र अभिभावकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि भएको थियो ।

विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म पढाई हुने गरेकोमा कुल एक हजार ७९८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षतामा भएको थियो ।

Tags: छात्रवृत्तिराष्ट्रिय माविवार्षिकोत्सवशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मिक्लाजुङमा कविताको वर्षा
FEATURE BREAKING

मिक्लाजुङमा कविताको वर्षा

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८३
0

मेरो माया मफलर भए बाँधिहिड्थेँ गलामा ! कैलेकाहीँ त मन नहुँदा टाँगिहिड्थेँ किलामा !  करिब ६५ वर्षअघि, अयामेली कवि बैरागी...

विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
FEATURE BREAKING

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २६, २०८३
0

विराटनगर : विराटनगर विमानस्थल परिसरभित्र यात्रुहरूबाट अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले छड्के अनुगमनमार्फत कडा कारबाही गरेको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३
तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरणको तयारी 

जेष्ठ २६, २०८३
भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

भोजपुरमा ‘रुद्राक्ष पकेट क्षेत्र’का रूपमा विकास गर्ने योजना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी, मोरङ र झापाबाट लागूऔषधसहित तीन जना पक्राउ

जेष्ठ २६, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1504 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.