मोरङ : मोरङको क्षेत्र नं. ६ मा नेपाली कांग्रेसले चुनावका बेला गरेका वचनअनुसारका काम गर्न केन्द्रित भएको छ ।
अघिल्लो मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले गरेको वाचाअनुसार अहिले क्षेत्रीय समिति मैदानमा खटिएर काम गर्न केन्द्रित भएको हो ।
यस क्रममा सुन्दरहरैंचा वडा नं. ५ खोक्सी स्थित रेडक्रस चौकका निम्न आयस्रोत भएका १८ घरपरिवारहरूलाई जस्तापाता वितरण गरिएको छ ।
निर्वाचनको बेला यहाँका नागरिकहरूले घरको छानो चुहिने भएकाले जस्तापातको माग राखेका थिए ।
शीतलहरको मौसम सुरु भएसँगै त्यसबाट बच्नका निम्ति कांग्रेस नेता डा. शेखर कोइरालाको पहलमा जस्तापाता वितरणसहित छानो फेर्ने काम गरिएको क्षेत्र नं. ६ का सभापति देवराज तामाङले बताए ।

उक्त क्षेत्र कांग्रेस नेता तथा सांसद डा. कोइरालाको क्षेत्र हो ।














Discussion about this post