Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १७, २०८०
in विविध, समाचार
0
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
91
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।

अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ ।  पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडाङ्मी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले–महाभारत क्षेत्रमा पनि पापनी तथा वाडाङ्मी शनिबार सकिएको छ ।

आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ । समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ ।

ढोल र मादलको आवाजले गुञ्जयमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन सक्नेछन् ।

आठपहरियालाई वाडाङ्मेट (वाडाङ्मी) मनाउने चटारो

धनकुटा नगरपालिकाको १० वडाभित्र करिब पाँच हजार जनसङ्ख्या रहेको यो समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ । वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन् ।

विसं २०३० सम्म छ किपट (बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ । विसं २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ । तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन् ।

कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरिया (राई)ले जानकारी दिए । पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन् ।

विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन् ।

नियमानुसार चार दिनको पैदल र बास बसेर बराह मन्दिरबाट ल्याएको पानीले घर चोख्याउने तथा नगरमा रहेको ५२ चुले घरबाट दैवी आह्वान ९माङ उठाउने० कामपछि यो समुदायमा चाड सुरु हुने गर्दछ ।

त्यसपछि नगर क्षेत्रमा रहेका यी समुदायको २२ देवालय (मार्गा)मा कुखुराको चल्ला, सुँगुरको पाठा पूजा गर्ने, पितृ पूजा गर्ने, मार (भेजो) हान्ने, भोजभतेर गरेर यो पर्व मनाउने प्रचलन छ । यस अवधिमा मृत्यु भएकाहरूको घर चोख्याएर नयाँ कपडा लाउने, नयाँ घर चोख्याउने, नयाँ सन्तान (छोरा) जन्मिएको भए हर्षबढाइँ गर्ने, घर–घरमा घुमेर तिहारमा देउसी खेलेझैँ ढोल नाच्ने गरिन्छ ।

साथै आफ्नो पायक पर्ने तोकिएको मुख्य पुजारीहरूको घरमा प्रत्येक घरको आगामी वर्षको जोखाना ९बत्ती हेर्ने०, अनिवार्यरूपमा राँगाको मासु, मदिरा खाएर ढोल र मारुनी नाचेर भव्यरूपमा चाड मनाइन्छ ।

अन्त्यमा औँशीभन्दा एक दिनअघि यी समुदायका करिब एक दर्जन ढोलनाच टोलीले आ–आफ्नो क्षेत्रमा राँगा काटेर भोज (खोइ) खाएर चाडको अन्तिम भोज खाने गर्दछन् । त्यसको भोलिपल्ट मारुनी टोलीले पनि आफ्नो क्षेत्रका तोकिएको जङ्गली क्षेत्रमा सरस्वतीको पूजा, मारुनी नाच र वनभोज गरेर बराहदेवलाई बिदाइ गरेपछि यो चाडको अन्य हुने केन्द्रीय सदस्य आठपहरियाले जानकारी दिए ।

खाल्सा क्षेत्र पनि पापनी (वाडाङ्मी) व्यस्त

सहिदभूमि गाउँपालिकाको सम्पूर्ण खाल्सा क्षेत्र साविक आँखिसल्ला, खोकु र छिन्ताङ गाविसका राई समुदाय पनि वाडाङ्मी चाड मनाउन व्यस्त छन् । यस क्षेत्रको वाडाङ्मीमा नाचिने ढोल अर्थात् पापनी नाच जिल्लामा नै प्रख्यात छ । यसका कारण खाल्सा क्षेत्रमा मनाइने वाडाङ्मी चाडलाई नै पापनी भन्ने चलन छ ।

सहिदभूमि –६ आँखिसल्लाका पापनी पर्व सम्बन्धी जानकार नरेन्द्र राई ९कश्चित०का अनुसार सो क्षेत्रमा कार्तिक शुक्ल पूर्णिमाको पहिलो मङ्गलबारबाट पापनी सुरु भएको छ । यो समुदायले पर्व घर–घरमा पितृ पूजा गरेर आफ्नो इष्टदेव फुडाहाङ ९बुढाहाङ०को पूजाआराधनासँगै पापनी पर्व सुरु हुने उहाँले जानकारी दिनुभयो ।

बुडाहाङको प्रतिनिधि मानिने ङाङ्सुबा र उनकी श्रीमती मानिने छाम्बाक (मुन्धुमविद्)हरूको घरमा माङ्ला हेर्ने (दैविक आह्वान) काम गरिन्छ । त्यपछि सो क्षेत्रमा भएका मुख्य पाँच पुजारीका गढीघरमा आफ्नो अनुकूलतामा पापनी गीत गाएर ढोल नाच्ने, मुन्धुम गाउने प्रचलन छ ।

यस अवधिमा यस क्षेत्रमा बालीनाली थन्क्याउन वा छुन नहुने, पापनी चाड अवधिभरि कुनै पनि महिला वा पुरुष गाउँ छाडेर बाहिर गएमा दण्डित गरिने धार्मिक कानुन पालना गर्नुपर्ने नियम रहिआएको छ ।

चाडको अन्तिम दिन छरिएर रहेका सबै पाँचवटा गढीघरअन्तर्गतका ढोलनाच टोली मुख्य पुजारीको गढीघरमा भेला भई उल्टो पापनी नाचेर फुडाहाडलाई बिदा गर्ने चलन छ ।

त्यसपछि एक वर्षको लागि ढोल झ्याम्टा नचलाउने र सोही दिन सरस्वती थानमा मारुनी मादल नाचेर मादल बजाउन फुकुवा गरेर आफ्नो भाकल बुझाएपछि पापनी पर्वको अन्त्य हुने राईले जानकारी दिए।

फाङ्दुवामा सकियो वाडाङ्मी

पाख्रिबास नगरपालिकाको वडा नं ३ फाड्दुवा, कसेनी र वडा नं १० चुनवाङका आठपहरियाले पनि एक हप्ता वाडाङ्मी चाड मनाएर बिहीबार समापन गरेका छन् । धनकुटा नगरपालिकामा राईबाट आठपहरिया जातिमा सूचीकृत हुन स्थापित आठपहरिया समाजले विसं २०६० तिर समटेको यो क्षेत्रमा भने परिमार्जन गरेर वाडाङ्मी मनाउने गरिएको छ ।

एकमात्र थातथलो रहेको यो क्षेत्रमा १५ दिन मनाइने वाडाङ्मी परिमार्जन गरेर भाइटीकाको दिनबाट एक हप्तासम्म मनाइँदै आएको वडा नं ३ का वडाध्यक्ष सरोज राईले जानकारी दिए । राईबाट पछिल्लो समयमा नयाँ नाम आठपहरिया पाएका यहाँका समुदायले यहाँको एकमात्र सुब्बा मार्गा, गढीघर र घर–घरमा पितृ पूजा गरेर चाड मनाउने गरेका छन् ।

यहाँका समुदायले सप्तकोशी किनारमा रहेको बराहक्षेत्र तीर्थ जाने चलनको अन्य गरेर धनकुटा र भोजपुरको सङ्गममा रहेको अरुण नदीको सुनबालुवा भन्ने स्थानमा गएर कपाल खौरेर दुःख बगाउने र त्यहाँबाट पानी ल्याएर घर चोख्याउने गरेका छन् ।

उनीहरूले पनि वर्षभरि भएका सबै कर्मकाण्ड यही वाडाङ्मीमा सकेर नयाँ अध्यायको सुरु गर्ने गरेका छन् । तर उनीहरूले घर–घरमा डुलेर ढोल नाच्ने चलनलाई छाडेर एक दिन मुख्य पुजारीको गढीगाउँमा भेला भएर सबै घरको बत्ती हेर्ने (जोखाना हेर्ने), ढोल तथा मारुनी नाचेर चाड सक्ने गरेको वडाअध्यक्ष राईले जानकारी दिनुभयो ।

आहाले–महाभारतमा चारदिने वाडाङ्मी

साँगुरीगढी गाउँपालिका क्षेत्रको साविक महाभारत र आहाले गाविस हाल वडा नं ८ र ९ का राई समुदायले सबैभन्दा छोटो चाड मनाएर शनिबारबाट वाडाङ्मी सकिएको छ । वर्षभरि देहान्त भएका आफन्तले कार्तिक एकादशीमा बराह र त्रिवेणी नदीमा कपाल काटेर दुःख बहाएर आएपछि पूर्णिमाको पहिलो बुधबारबाट यस क्षेत्रमा चाड सुरु हुने गर्दछन् ।

बुधबारबाट किलघर (पुजारी घर)मा माड उठाउने काम (दैवी आह्वान)पछि चाडका लागि तोकिएको चारदिने समयसीमासँगै शनिबारदेखि चाड सकिएको साँगुरीगढी गाउँपालिका वडा नं ८ सिङ्कुलाका महेन्द्र राईले जानकारी दिए ।

यहाँका राई जातिले वाडाङ्मी पर्वका अवसरमा बुढाहाङलाई पोथी कुखुरा, घरघरमा चुलोमा भाले, आँगनमा परेवाको बलि दिएर पितृ पूजा गरेर चाड मनाउँछन् । पितृ पूजापछि बेलुका रातभरि घर–घरमा पापनी (ढोल) नाच्ने, भोज खाने र अन्तिम दिन सरस्वतीको पूजा गरेर मारुनी नाचसँगै यस क्षेत्रको पापनी अर्थात् वाडाङ्मी सकिएको राईले जानकारी दिए । उनका अनुसार यस पर्वलाई यहाँका समुदायले वर्षभरि देहान्त भएकाका आफन्त दुःख कर्मबाट चोखिने र पितृलाई सम्झने पर्वका रूपमा मनाउने गर्दछन् ।

Tags: #धनकुटा#राससरौनक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.