इटहरी : इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई गरिएको परिपत्र सच्याउने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले टोल विकास संस्था सञ्चालन सम्बन्धी ऐन २०७७ अनुसार आदेश गर्न टोलविकास शाखालाई निर्देशन दिएका छन् ।
प्रशासकीय अधिकृत मेहताले टोल विकास संस्थाहरूलाई आर्थिक कारोबार नगर्न परिपत्र गरेका थिए । टोल विकास संस्थाहरूमा बचत भएको रकम फिर्ता गर्न र संकलन नगर्न परिपत्र जारी गरेका थिए ।
उक्त परिपत्रको विरोध जनाउँदै टोल विकास संस्थाका प्रतिनिधिहरूले टोल विकास संस्था सञ्चालनसम्बन्धि ऐन २०७७ विपरीत परिपत्र जारी गरिएकोले खारेज गर्न माग गरेका थिए ।
टोल विकास संस्थाको यस्तो आर्थिक कार्यले टोलबीच सुमधुर सम्बन्ध विकास भएको र सामान्य आर्थिक समस्याहरूमा अभर टार्ने गरेकोेले यसलाई निरन्रता दिनुपर्नेमा आफूहरु एकमत रहेको बगैंचा टोलविकास संस्थाका निवर्तमान अध्यक्ष सुनील कार्कीले बताए ।

इटहरी उपमहानगरपालिकाको अघिल्लो नेतृत्वले उक्त ऐन नगरसभाबाट पास गरेको थियो । ऐनको दफा २१ ले सदस्य घरधुरीबाट सदस्यता शुल्क लिने र त्यसलाई सापटीस्वरुप परिचालन गर्ने व्यवस्था गरेको छ ।
यसरी टोल विकास संस्थामा जम्मा भएको रकम सापटी लिँदा बैंकमार्फत् लिनुपर्ने र बढीमा १२ प्रतिशत ब्याज तिर्नुपर्ने भनिएको छ ।
यो पनि – इटहरीमा टोल विकास संस्थालाई आर्थिक कारोबार गर्न रोक














Discussion about this post