तेह्रथुम : तेह्रथुमको आठराई गाउँपालिका २ बाट बैंकिङ कसुर मुद्वाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्वामा तेह्रथुम जिल्ला अदालतको मिति २०७९।०८।२६ गतेको फैसला आदेशले २ दिन कैद र नगद २ लाख रुपैयाँ जरिवाना तोकिएका स्थानीय ३९ वर्षीय सुशन चोङबाङ लिम्बूलाई पक्राउ गरिएको हो ।
उनलाई इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई २ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई आइतबार तेह्रथुम जिल्ला अदालतमा दाखिला गराउने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।












Discussion about this post