Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ड्रागन खेतीमा व्यस्त वडा सदस्य

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८०
in समाचार
0
ड्रागन खेतीमा व्यस्त वडा सदस्य
88
SHARES
Share on FacebookShare on Twitter

फिक्कल (इलाम) : इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उहाँ काममै व्यस्त हुनुहुन्छ ।

दिउँसो प्रायः जनताको काममा व्यस्त रहनुहुने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिनुहुन्छ ।

दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उहाँ बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिनुहुन्छ । उहाँले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गर्नुभएको छ । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आउनुभएको छ ।

चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गर्नुभएका लिम्बूको ड्रागन बगान हेरिरहुँलाग्दो छ । उहाँको ड्रागन बगानमा अहिले सेतो र रातो गरी दुई प्रजातिका दुई सय खम्बामा चार सयवटा ड्रागन फलका बोट छन् । सबै बोटले उत्पादन दिन थालेका छन् ।

‘छथरे ड्रागन फल कृषि फार्म’ दर्ता गरी रु. दुई लाखको लगानीमा ड्रागन फलको खेती सुरु गर्नुभएको हो । उहाँलाई उत्पादन नहुँदासम्म भने फाइदा हुँदैनजस्तो लागेको थियो । बजारको समेत समस्या हुने हो कि भन्ने चिन्ता थियो । तर अहिले उत्पादन राम्रो हुनाका साथै घरबाटै बिक्री हुन थालेपछि उहाँ हर्षित हुनुहुन्छ ।

उहाँले फलका अतिरिक्त बिरुवा उत्पादनको काम गर्दै आउनुभएको छ । उहाँले या वर्ष मात्र रु. दुई लाख १० हजार आम्दानी गर्नुभएको छ । फल बिक्री गरेर रु. एक लाख ३० हजार र बिरुवा बिक्री गरेर रु ८० हजार आम्दानी गर्नुभएको उहाँले बताउनुभयो ।

“जनताको काम गरेर उब्रेको समय ड्रागन खेतीमा नै बिताउने गरेको छु । आम्दानीसमेत राम्रै हुँदो रहेछ”, सदस्य लिम्बूले भन्नुभयो, “वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी हुने रहेछ । यसैले नानीहरु पढाउन र घरखर्च चलाउन मज्जाले पुगेको छु ।”

उहाँले परम्परागत खेतीलाई विस्थापन गर्दै नयाँ प्राजतिको खेती गर्न एकैपटक चार सय बिरुवा रोप्नुभएको थियो । उहाँले पैसा कमाउन विदेश जानैपर्ने बाध्यता नरहेको बताउनुभयो । “युवामा पैसा कमाउनकै लागि विदेश जानुपर्दैन । आफैँ लगानी गरेर गाउँमै स्वरोजगार बन्न सकिन्छ । यही सन्देश दिन मैले व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

लिम्बूले उत्पादन गर्नुभएको ड्रागन फल नजिकै झापाको दमक बजारमा नै बिक्री गरेको छ । सरदरमा प्रतिकेजी रु चार सयदेखि पाँच सयमा बिक्री हुने उहाँले बताउनुभयो । विरुवा भने स्थानीय स्तरमा नै बिक्री हुने गरेको छ ।

बिरुवा पनि प्रतिगोटा रु. दुई सय ५०सम्ममा बिक्री हुने गर्दछ । लिम्बू २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

ड्रागन फ्रुट फूल फुलेको ३०औँ दिनमा फल पाकेर खानका लागि योग्य हुन्छ । टिपेर राख्दा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि असोजसम्म मुख्य रुपमा फल दिने ड्रागन फल वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुट रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

जग्गामा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट पूर्वी नेपालमा नौलो फल हो । यसको बोटको हाँगा कटिङ गरेर रोपिन्छ । एउटै बोटबाट पनि अरू बिरुवाको वृद्धि विकास गर्न सकिन्छ ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेती तुलनामा यसको खेतीबाट राम्रो आम्दानी लिन सकिने लिम्बूको भनाइ छ ।

ड्रागन फलका लागि उष्ण र उपाेष्ण क्षेत्र उत्तम मानिन्छ । यसको खेती दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने र समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइ भएको जमिनमा गर्न सकिन्छ ।

यो फल वार्षिक ५० देखि एक सय ५० सेन्टिमिटर वर्षा र २० देखि ३० सेल्सियस तापक्रम हुने ठाउँमा खेती गर्दा धेरै लाभ लिन सकिन्छ । नेपालमा यो फललाई सिँचाइ सुविधा भएको ठाउँ तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा खेती गर्न सकिने विज्ञहरुको निष्कर्ष छ ।

Tags: #राससइलामड्रागन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
विविध

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.