Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८०
in समाचार
0
कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

हृदय रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालालगायतका विज्ञ टोलीले विराटनगरमा प्रदेश सरकारले सञ्चालन गर्न लागेको शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनका लागि संक्रामक रोग तथा सघन उपचार केन्द्रको बुधबार अध्ययन, अबलोकन गर्दै ।

92
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालू आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो ।

न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिल बिक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, काउन्सिलका सह–कोषाध्यक्ष डा. बिक्रान्त ढकाललगायतका टोलीले उक्त हृदय रोग केन्द्र सञ्चालनका लागि बुधबारबाट अध्ययन थालेका छन् ।

उनीहरूले कुन मोडेलमा, कसरी, कति क्षमतामा र के–के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेका हुन् ।

कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको उक्त अस्पतालको भवन, उपकरण, जनशक्ती, ऐन, नियम, निर्देशिकालगायतको बारेमा अध्ययन सुरु गरेको डा. कोइरालाले बताए ।

उक्त संक्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र८१ वटा सामान्य शैय्या, इसिजी, एक्स–रे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्शिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट रहेको छ । उक्त केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजवंशीले बताए ।

उक्त केन्द्रसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको छ ।

हृदय रोग विशेषज्ञ प्राडा. कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्र मात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको तर हामीले अहिले कहा“ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको बताएका हुन् ।

संघन उपचार केन्द्रमा रहेको आईसीयू, एचडियूलगायतका उपकरणहरु कोरोना महामारीपछि प्रयोग विहिन रहेकाले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरुको उपयोग गरेर हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताए ।

‘संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा सञ्चालन गर्छौं,’ उनले भने, ‘त्यसका लागि काठमाडौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान कोइराला लगायतका विशेषज्ञ टोली बोलाएर सञ्चालनको तयारीमा जुटेका छौ ।’

विशेषज्ञ टोलीले दिएको सल्लाह, सुझावका आधारमा सम्पूर्ण तयारी गरेर हृदय रोग केन्द्र सञ्चालन गरेर यस प्रदेशका मुटु रोगीहरूलाई सेवा प्रवाह गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

Tags: केदार कार्कीकोसी प्रदेशहृदय रोग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.