Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८०
in समाचार
0
कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु

हृदय रोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालालगायतका विज्ञ टोलीले विराटनगरमा प्रदेश सरकारले सञ्चालन गर्न लागेको शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनका लागि संक्रामक रोग तथा सघन उपचार केन्द्रको बुधबार अध्ययन, अबलोकन गर्दै ।

92
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालू आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था गरेको हो ।

न्याम्सको उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. अनिल बिक्रम कार्की, मुटु रोग विशेषज्ञ प्राध्यापक डा. भगवान कोइराला, काउन्सिलका सह–कोषाध्यक्ष डा. बिक्रान्त ढकाललगायतका टोलीले उक्त हृदय रोग केन्द्र सञ्चालनका लागि बुधबारबाट अध्ययन थालेका छन् ।

उनीहरूले कुन मोडेलमा, कसरी, कति क्षमतामा र के–के सेवाबाट हृदय केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेका हुन् ।

कोरोना महामारीकालमा प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको उक्त अस्पतालको भवन, उपकरण, जनशक्ती, ऐन, नियम, निर्देशिकालगायतको बारेमा अध्ययन सुरु गरेको डा. कोइरालाले बताए ।

उक्त संक्रामक रोग तथा सघन उपचार केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र८१ वटा सामान्य शैय्या, इसिजी, एक्स–रे सेवा, एक सय ५० सिलिण्डरको दुई वटा अक्शिजन प्लाण्ट, वेष्ट म्यानेजमेण्ट रहेको छ । उक्त केन्द्रमा अहिले ओपिडी सेवा सञ्चालनमा रहेको केन्द्रका प्रशासन प्रमुख अनुपम राजवंशीले बताए ।

उक्त केन्द्रसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नेपालमा उपलब्ध सबै प्रयोगशाला सेवा उपलब्ध रहेको छ ।

हृदय रोग विशेषज्ञ प्राडा. कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्र मात्रै नै नभई अन्य धेरै सेवा सञ्चालन गर्ने अवस्था रहेको तर हामीले अहिले कहा“ र के के सेवाबाट हृदय रोग केन्द्र सञ्चालन गर्ने बारे अध्ययन थालेको बताएका हुन् ।

संघन उपचार केन्द्रमा रहेको आईसीयू, एचडियूलगायतका उपकरणहरु कोरोना महामारीपछि प्रयोग विहिन रहेकाले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले उक्त उपकरणहरुको उपयोग गरेर हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु गरेको बताए ।

‘संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा सञ्चालन गर्छौं,’ उनले भने, ‘त्यसका लागि काठमाडौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान कोइराला लगायतका विशेषज्ञ टोली बोलाएर सञ्चालनको तयारीमा जुटेका छौ ।’

विशेषज्ञ टोलीले दिएको सल्लाह, सुझावका आधारमा सम्पूर्ण तयारी गरेर हृदय रोग केन्द्र सञ्चालन गरेर यस प्रदेशका मुटु रोगीहरूलाई सेवा प्रवाह गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाए ।

Tags: केदार कार्कीकोसी प्रदेशहृदय रोग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा
FEATURE BREAKING

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

by टाकुरा न्यूज । इटहरी
कार्तिक ४, २०८३
0

इटहरी : नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । यस अवसरमा नेपालीहरूले...

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३
मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    479 shares
    Share 192 Tweet 120
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.