मोरङ : मोरङको रंगेलीमा ट्याक्टरले ठक्कर दिँदा शुक्रबार (आज) बिहान एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट रंगेली नगरपालिका ८ का ६८ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो ।
भित्री सडकखण्ड हुँदै पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ त ५४९ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेका राजवंशीलाई ठक्कर दिएको थियो ।
ट्याक्टरले आज बिहान ११ः२० बजेतिर ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।













Discussion about this post