संखुवासभा : संखुवासभा जिल्ला कारागारमा ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका छन् ।
तामाङले गएराति १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटी गरेका थिए ।
ड्यूटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको छ ।
‘उहाँले १० बजेदेखि २ बजेसम्मको ड्यूटी गर्नुभएको हो । ड्रेस नफुकाली सुत्नु भएको रहेछ । बिहान पौने ५ बजे आसपासमा बेहोस अवस्थामा फेला पारेका थियौं,’ संखुवासभाका प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले भने, ‘त्यसपछि अस्पताल पुर्याएपनि उहाँलाई बचाउन सकिएन ।’














Discussion about this post