Monday, September 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

भेडेटारमा भारतीय पर्यटकको घुइँचो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १६, २०८०
in समाचार
0
भेडेटारमा भारतीय पर्यटकको घुइँचो
94
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : भारतको पूर्णीया जिल्ला विहारका अरुणकुमार राय साथीहरुसँग अङ्ग्रेजी नयाँ वर्ष मनाउन भेडेटार आउनुभएको यो दोस्रो पटक हो । रायलाई चुरे क्षेत्रबाट एकैसाथ देखिने हिमाल, पहाड र तराईको दृश्य हेर्न औधी मनपर्छ ।

भेडेटारमा आयोजित ११ औँ खाना महोत्सवका अवसरमा आउनुभएका रायले अर्को वर्षपनि छुट्टी मनाउन यहीँ आउने बताउनुभयो ।

उहाँ मात्र होइन अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको विहारलगायतका स्थानबाट हजारौँको सङ्ख्यामा भारतीय पर्यटक भेडेटार आएका छन् । चुरे क्षेत्रको धनकुटा र सुनसरीको सिमानामा अवस्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार बाह्रै महिना चिसो मौसमले परिचित छ ।

होटल सङ्घ भेडेटारले हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरेर खानपान महोत्सव गर्दै आएको छ । यसपटक सङ्घले पुस १५ गतेदेखि १७ गतेसम्मका लागि ११ औँ महोत्सव आयोजना गरिरहेको छ । भारतीय पर्यटकहरु निजी सवारीमा साथीभाइ र परिवारका साथ भेडेटार घुम्न आउने गरेका छन् । साथीहरु सिफारिसमा अन्य चार जना साथीसँग पहिलो पटक भेडेटार आउनुभएका विहारका सन्तोष रजकले आफूलाई भेडेटारले आकर्षित गरेको सुनाउनुभयो ।

यहाँ हुने महोत्सव, प्राकृतिक वातावरण र यहाँको सेवा सत्कारको बयान सुनेर आफू पनि भेडेटार आएको उहाँको भनाइ थियो । त्यस्तै भारतको सुपोल जिल्ला विहारका अमृतकुमार पनि आफ्ना चार साथीसँग तेस्रो पटक भेडेटार आउनुभएको छ । उहाँले पनि यहाँको वातावरण मन परेका कारण आफू पुनः छुट्टी मनाउन आएको जानकारी दिनुभयो । अहिले नयाँ वर्षमा घुम्न आउने भारतीय पर्यटकले भेडेटार आसपासका पर्यटकीय गन्तव्य र होटल भरिभराउ छन् ।

विशेष गरेर भेडेटार बजार आसपासका पर्यटकीय गन्तव्य नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, पाथीभरा मन्दिरलगायत स्थानमा भारतीय पर्यटकको बाक्लो उपस्थित छ । भारतीय पर्यटकको अत्यधिक भीडका कारण यहाँ सञ्चालित करिब दुई सय होटलले बास सेवा दिन कठिन भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताउनुभयो । “राति १० बजेसम्म खटिएर पर्यटकलाई बास मिलायौँ”, राईले भन्नुभयो, “केही भारतीय पर्यटक धरानतिर फर्किन बाध्य भए ।”

हाल भेडेटारबाट नाम्जेको मगरगाउँसम्म जाने सडक कच्च भएकाले समस्या भएको उहाँको भनाइ छ । यो समय तराईमा हुस्सु लागेर घाम नलाग्ने तर भेडेटारमा मौसम खुलेर घाम लाग्ने गर्छ । ‘घाम ताप्न जाउँ’ भन्ने सन्देश दिनका लागि भेडेटारमा आयोजित खाना महोत्सवका कारण अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड लागेको राईको अनुभव छ ।

महोत्सवका माध्यमबाट यहाँको प्रचारप्रसार भएकाले भारतीय पर्यटकको सङ्ख्या बढेको होटल संघका निवर्तमान अध्यक्षसमेत रहनुभएका राईले बताउनुभयो । नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको सङ्ख्या यो पटक थप बढेकाले उनीहरुलाई राख्न कठिन भएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले उल्लेख गर्नुभयो ।

अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी साना सवारी लिएर आएका भारतीय पर्यटकको सङ्ख्या यो पटक दोब्बर भएको उहाँको भनाइ छ ।

विगत १४ वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका अध्यक्ष लिम्बूले भन्नुभयो, “भिडभाडले गर्दा हामीले उनीहरुलाई राख्नै भ्याएनौँ । सबैभन्दा बढी बिहारबाट पर्यटक आएका छन् । दरभङ्गा, सिक्किमलगायत स्थानबाट भेडेटार आउनेको सङ्ख्या राम्रो छ ।”

भेडेटार घुम्न जाडोको समयमा दैनिक औसत दुई हजार र गर्मीमा सात हजारसम्म पूर्वी तराई र भारतबाट पर्यटक आउने गरेको होटल सङ्घ भेडेटारको तथ्याङ्क छ ।

Tags: #पर्यटन#राससभेडेटार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ
समाचार

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–६...

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३
इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

इलामको अन्तुमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु

अशोज ४, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

काेशीका विभिन्न जिल्लामा लागूऔषधसहित १४ जना पक्राउ

अशोज ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३
कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

कोशीको जोखिममा श्रीलंका टापुका १० हजारको जीवन

अशोज ५, २०८३
तीनजनामा डेंगु पुष्टि

उदयपुरमा दुई महिनामै ४९ जनामा डेङ्गू सङ्क्रमण

अशोज ४, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    519 shares
    Share 208 Tweet 130
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    304 shares
    Share 122 Tweet 76

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.