इटहरी : सुनसरी र भोजपुर जिल्लाको छुट्टा–छुट्टै स्थानबाट चोरी मुद्धा र कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतबाट मिति २०८०।०१।१३ गतेको फैसला आदेशले ३ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना भइ फरार रहेका दुहबी नगरपालिका २ का शम्भु साहलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा भोजपुर जिल्ला अदालतको मिति २०६१।०५।२८ गते भएको फैसला आदेशले ३ वर्ष कैद भएका टेम्केमैयुङ गाउँपालिका ५ का ४६ वर्षीय पूर्णहाङ राईलाई खोजतलास गर्ने क्रममा ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा लुकीछिपी बसेको अवस्था फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरेको दुवैजनालाई सम्बन्धित अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार पठाइएको छ ।














Discussion about this post