उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ११ स्थितमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ७४३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि सवार स्थानीय २२ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक २२ वर्षीय ज्ञानेन्द्र मलाहलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाएर घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post