धनकुटा : धनकुटाको शहिदभूमी गाउँपालिका ६ स्थितबाट लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङ–हिले सडक खण्डमा प्रदेश १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा गाडीको हुटमा रहेको झोलामा लुकाई छिपाई राखेको ३ किलोग्राम गाँजा बरामद भएसँगै गाडीमा सवार झोला धनी शहिदभूमी ५ का आकाश राईलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यलाय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post