Wednesday, September 9, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

फरार अभियुक्त तीस वर्षपछि पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २३, २०८०
in समाचार
0
आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

सांकेतिक तस्वीर । तस्वीर स्रोत : गुगल ।

78
SHARES
Share on FacebookShare on Twitter

टक्सार (भोजपुर) : कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ ।

वि.सं.२०५० मा कसुर गरेर फरार रहेका उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ, यो प्रहरीको सफलता हो ।” उहाँका अनुसार ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट विभिन्न घटनामा संलग्न फरार प्रतिवादीलाई यही पुस २२ गते पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्रकुमार राई, ५५ वर्षका विदुरकुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्रलाई धरान, विदुरलाई उदयपुरको बेलका, भिमराजलाई उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रनाउ पाठकले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएकाले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साबिक कोट गाउँविकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । वि.सं.२०६१ भदौ २८ गते जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष र घटनामा संलग्न अन्य सहयोगीलाई तीन वर्ष कैदको सजाय सुनाएको थियो ।

वि.सं.२०५० कात्तिक २७ गते लक्ष्मी पूजाका दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको थियो ।

सो घटनाका विषयमा मङ्सिर ३ गते छलफल गरी मिलाउने क्रममा पुनः विवाद भई राजधनलाई कुटपिट गर्दा शुक्रदेवले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको प्रहरीको घटना विवरणमा उल्लेख छ ।

Tags: #पक्राउ#राससफरारफरार प्रतिवादी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आजको राशिफल – भाद्र २१ गते आइतबार

तपाईँको आजको दिन के कस्तो रहला ? आजको राशिफल

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    287 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.