उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका १ कटरवोटे स्थितबाट अवैध हतियार भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आम्चोक गाउँपालिका १० भोजपुरका २० वर्षीय समीर राई रहेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढीबाट बेल्टारतर्फ आउँदै गरेको को १३ प ४१५ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग गर्ने बारुदसहितको सेतो बट्टा १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान बरामद गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post