इटहरी (डेस्क) : फरार प्रतिवादीहरू पक्राउ अभियान अन्तर्गत झापा, मोरङ, खोटाङ र सोलुखुम्बु जिल्लाबाट विभिन्न मुद्धाका दसजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतहरूबाट कैद तथा जरिवाना सजाय तोकेर फरार रहेका सम्बन्ध बिच्छेद मुद्धामा ३ जना, गाली बेइज्जती मुद्धाका १ जना, वन मुद्धामा २ जना, बहुविवाह मुद्दामा १ जना, चोरी मुद्दामा १ जना र चलन हटक मुद्धाका २ जना फरार प्रतिवादीहरूलाई गाँउघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई तोकिएको जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।














Discussion about this post